तस्कर समूहको आक्रमणबाट ३ सशस्त्र प्रहरी घाइते, १२ लाख बढीको कपडा बरामद

काठमाडौं । पर्सामा अवैध गोदाममा सशस्त्र प्रहरी र तस्कर समूहबीच भीडन्त भएको छ । सोमबार बिहान वीरगञ्जव महानगरपालिका १० स्थित एक गोदाममा छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

वीरगञ्जको आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाममा राखिएको १२ लाख ७२ हजार रुपैयाँ बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । 

बरामद गरिएका सम्पूर्ण सामग्री भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

उनका अनुसार तस्कर समूहको खोजी भइरहेको छ । 

तस्करको समूहमा वीरगञ्जका नेपालीहरूसमेत रहेका छन् । ‘ तस्करको पहिचान खुल्ने क्रम जारी रहेको छ,’ उनले भने ।

Share News