सेयर बजारमा १० अर्ब ७७ करोड रुपैयाँको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले घटेर २६७२ बिन्दुमा झरेको हो ।

नेप्सेका अनुसार ४२ कम्पनीको सेयर मूल्य बढ्दा २१२ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

सोमबार ३२४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडि पावरको ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

एसवाई प्यानलको ५४ करोड, आँखु खोला जलविद्युतको ४८ करोड, लिबरटी इनर्जीको ३७ करोड र न्यादी गुप्रको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबारको कारोबारमा खानीखोला हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशत र रिडि पावर कम्पनीको सेयर मूल्य ९.११ प्रतिशतले घटेको छ ।  

Share News