इटहरी । बतास एमएडब्लू कमर्शियल भेहिकल्स प्रालिले सुनसरीको रामधुनी नगरपालिका, तित्रिवनमा अत्याधुनिक आइशर बिक्री, सेवा तथा स्पेयर पार्ट्स केन्द्र सञ्चालनमा ल्याउँदै पूर्वी नेपालमा भोल्भो–आइशर सञ्जाल विस्तार गरेको छ ।
गत माघ २१ गते सम्पन्न उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापा, एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, बतास एमएडब्लू कमर्शियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्त राज बतास तथा भिई कमर्शियल भेहिकल्सका वरिष्ठ उपाध्यक्ष अमन अरोरा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै एमएडब्लू इन्टरप्राइजेजका उपाध्यक्ष हेमन्त पुराणिकले नयाँ केन्द्रले ग्राहकलाई विश्वस्तरीय सेवा र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे ।
नव उद्घाटित केन्द्र दक्ष प्राविधिक, आधुनिक परीक्षण उपकरण तथा पूर्ण रूपमा सुसज्जित स्पेयर पार्ट्स केन्द्रसहित सञ्चालनमा आएको छ । यसले छिटो सेवा प्रदान गर्दै सवारी साधनको अधिकतम सञ्चालन समय सुनिश्चित गर्ने बताइएको छ ।
रामधुनी नगरपालिकाकी उप–प्रमुख तारा थापाले यस डिलरशिपले स्थानीय रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले ग्राहक–केन्द्रित सेवा प्रणाली, दक्ष जनशक्ति र उन्नत पूर्वाधारमा गरिएको लगानीले बदलिँदो बजार आवश्यकतालाई सम्बोधन गर्ने बताए ।
भिई कमर्शियल भेहिकल्सका वरिष्ठ उपाध्यक्ष अमन अरोराले नेपालमा बलियो बिक्रीपछिको सेवा प्रदान गर्नु कम्पनीको प्राथमिकता रहेको बताए ।
कार्यक्रमको अन्त्य सवारी प्रदर्शनी, सरोकारवाला तथा ग्राहकहरूसँगको अन्तरक्रिया तथा सञ्जाल विस्तार कार्यक्रमसँगै सम्पन्न भएको थियो ।