सुनको मूल्य प्रतितोला ४ हजार १०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ४ हजार १०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य तोलामा ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य सोमबार तोलामा ५ हजार २५० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।    

Share News