बालेनको घरमा चोरी गर्ने ३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता बालेन्द्र शाहका घरमा चोरी गर्ने तीन जना व्यक्ति पक्राउ परेका छन् । 

४२ वर्षीय मनिष राजवाहक, ४६ वर्षीय खिमबहादुर खड्का र ४५ वर्षीय सञ्जय श्रेष्ठ पक्राउ परेका हुन् । राजवाहक भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार रहेका थिए ।

काठमाडौं महानगरपालिका ४ को चप्पल कारखानास्थित सीता गुरुङको घरमा डेरा बसेका बालेन्द्र शाहको कोठाबाट चोरी भएको थियो । 

राजवाहकले पूर्वमेयर शाहको घरमा चोरी स्वीकार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौं प्रवक्त पवनकुमार भट्टराईले जानकारी दिए ।

कारागारबाट फरार रहेपछि राजवाहकले पाँच ठाउँमा चोरी गरेका थिए ।

यसअघि पनि विभिन्न समयमा राजवाहकविरुद्ध मुद्दा चलिसकेको छ । १० वर्षअघि कालीमाटी प्रहरीमा मुद्दा दर्ता भएको थियो । त्यसैगरी, महाराजगञ्ज प्रहरी वृत्तमा चोरी अभियोगमा मुद्दा दर्ता भएको थियो ।

Share News