काठमाडौं । मण्डिखाटारस्थित ह्याम्स अस्पतालको महिला शौचालयमा सुनको औँठी फेला परेको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार अस्पतालको महिला शौचालयमा सुनको बेरुवा औँठी र एउटा थैली भेटिएपछि आवश्यक प्रक्रिया पूरा गरी प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको छ ।
परिसरले उक्त औँठी तथा थैलीका वास्तविक धनीलाई आवश्यक प्रमाणसहित प्रहरी वृत्त महाराजगञ्जमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रहरीका अनुसार बिरामी तथा आफन्तहरूसँग सोधपुछ गर्दा कसैले पनि ती सामानहरू आफ्नो नभएको बताएपछि सुरक्षित रूपमा प्रहरी कार्यालयमा राखिएको हो ।
