नेपाल व्यवस्थापन संघको कोषाध्यक्षमा चंकी क्षेत्री निर्विरोध

काठमाडौं । नेपाल व्यवस्थापन संघको प्रबन्ध समितिको कोषाध्यक्ष पदमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । दुई वर्षे कार्यकालका लागि उनीसहित पाँच सदस्यीय नयाँ प्रबन्ध समितिको चयन गरिएको हो ।

संघको सभापति पदमा हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएकी छिन् । यस्तै, उपसभापति पदमा जितेन्द्रप्रसाद धिताल र कृष्णप्रसाद आचार्य तथा महासचिवमा इन्द्रकुमार श्रेष्ठ चयन भएका छन् ।

संघको विधानअनुसार प्रारम्भमा ६ जना संस्थागत र ११ जना व्यक्तिगत गरी १७ सदस्यीय कार्य समिति गठन गरिन्छ । यसरी चयन भएका कार्य समिति सदस्यहरूमध्येबाट निर्वाचनमार्फत पाँच सदस्यीय प्रबन्ध समितिका पदाधिकारीहरूको चयन हुने व्यवस्था रहेको छ ।

४५औं राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरूलाई निर्वाचनको प्रमाणपत्र वितरण तथा सपथ ग्रहण गराइएको छ ।   

Share News