सुनको मूल्य तोलामा ३ लाख ५०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ५०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य आइतबार तोलामा ५ हजार १० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४६७ र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।    

Share News