सिटिजन्स बैंकद्वारा गौरव उप्रेतीलाई ‘एसपाइरिङ मेनेजर अवार्ड’ प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्यान सिटिजन एसपाइरिङ मेनेजर अवार्ड–२०८२ गौरव उप्रेतीलाई प्रदान गरेको छ । उक्त अवार्ड नेपाल व्यवस्थापन संघ (एमएएन) द्वारा आयोजना गरिएको राष्ट्रिय व्यवस्थापन सम्मेलनमा माघ २४ गते प्रदान गरिएको हो ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले कार्यक्रमकाबीच पुरस्कार प्रदान गरेका थिए । पुरस्कार छनोट प्रक्रिया सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय तथा नेपाल व्यवस्थापन संघका पदाधिकारीहरूको संयुक्त समितिले गरेको हो। यस अवार्डले नेपालको व्यवस्थापन शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने र भविष्यका व्यवस्थापन पेशेवरहरूलाई प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल व्यवस्थापन संघबीच गत वर्ष एमबीए तहमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान गर्ने उद्देश्यले सम्झौता भएको थियो । सो सम्झौताअनुसार प्रत्येक वर्ष पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एमबीएमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल भएको बैंक हो । यसअघि फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल कार्ड सञ्चालनमा ल्याएको थियो ।

हाल बैंकले नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सर लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन, सीआरएन सेवा तथा क्रस बैंक टेलर सुविधासमेत उपलब्ध गराउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ७६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Share News