काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)को चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ६.९१ प्रतिशत बढेर बढेर ६६ करोड ५३ लाख २४ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा सीआईटीले ६२ करोड २२ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको दोस्रो त्रैमासमा सीआईटीको ब्याज आम्दानी १७ करोड ३६ लाख ४० हजार रुपैयाँ, सेवा शुल्क तथा कमिसन आम्दानी ८३ करोड ९४ लाख ८८ हजार रुपैयाँ, विविध आम्दानी ५ करोड ६२ लाख २० हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ३३ लाख ७१ हजार रुपैयाँ ब्याज आम्दानी, सेवा शुल्क आम्दानी ८१ करोड १ लाख ९६ हजार रुपैयाँ, विविध आम्दानी ३ करोड ५९ लाख ६८ हजार रुपैयाँ गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले १ अर्ब ६ करोड ९३ लाख ४८ हजार रुपैयाँ कुल आम्दानी गरेको छ भने १८ करोड १८ लाख ३० हजार रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३ करोड ९५ लाख ३५ हजार रुपैयाँ कुल आम्दानी गरेर २० करोड ८६ लाख ५२ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।
कुल खर्चमा १४ करोड २५ लाख ३४ हजार रुपैयाँ व्यवस्थापनमा र ३ करोड ९२ लाख ९७ हजार रुपैयाँ खर्च व्यवस्थामा खर्च भएको कम्पनीले जनाएको छ ।
पुस मसान्तसम्ममा ६ अर्ब ८० करोड ५७ लाख ९८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सीआइ्र्रटीको खुद कोष मौज्दातमा २ खर्ब ९४ अर्ब ६५ करोड ३३ लाख ९७ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुसमा चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख १२ हजार रुपैयाँ र खुद कोष मौज्दातमा २ खर्ब ६४ अर्ब ३५ करोड ९७ लाख ९८ हजार रुपैयाँ थियो ।
समीक्षा अवधिमा कम्पनीको लगानी २ खर्ब ९८ अर्ब ६७ करोड ८४ लाख ६३ हजार रुपैयाँ रहेको छ । गत वर्षको पुसमा २ खर्ब ६४ अर्ब ७७ करोड ७५ लाख ३८ हजार रुपैयाँ लगानी गरेको थियो ।
कम्पनीका अनुसार नेपाल सरकारको ऋणपत्रमा १३ अर्ब १२ करोड ७६ लाख ४५ हजार रुपैयाँ, बैंकको मुद्दती निक्षेपमा १ खर्ब ४५ अर्ब ४० करोड ५५ लाख ९ हजार रुपैयाँ, समयकालीन कर्जामा २६ अर्ब ३१ करोड ६७ लाख ५५ हजार रुपैयाँ, सहायक कम्पनीमा २ अर्ब ७२ करोड ४६ लाख ७५ हजार रुपैयाँ, सहभागी सापटी तथा आवास कर्जा ६५ अर्ब २३ करोड ९१ लाख ७१ हजार रुपैयाँ, ट्रेजरी बिलमा १४ अर्ब १७ करोड ९३ लाख ९६ हजार रुपैयाँ र संगठित संस्थाको सेयरमा ३१ अर्ब ६८ करोड ५३ लाख १३ हजार रुपैयाँ लगानी गरेको छ ।
कम्पनीको रिटर्न अन इन्भेष्टमेन्ट ४.४९ प्रतिशत, फण्ड इन्भेष्टमेन्ट रेसियो ९९.८१ प्रतिशत रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ छ ।