काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पनि घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ४ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।
बिहीबार भने सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २ सय रुपैयाँ कायम थियो । बिहीबार सुनको मूल्य ९ हजार ५ सयले घटेको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २ सय ७० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ७ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुक्रबार अन्तरराष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ८ सय २८ र त्यति नै परिमाणको सेतो धातु ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।