काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासमा खुद नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले ६ महिनामा २६ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ ।
कम्पनीले अघिल्लो आवमा २५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ५.३० प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्मममा कम्पनीले ४ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.४९ प्रतिशतले बढी हो ।
अघिल्लो आवमा कम्पनीले ४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क कमाएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क ११.४० प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवमा ४ अर्ब १७ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा चालु आवको सोही अवधिमा ४ अर्ब ६४ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।
६ महिनामा कम्पनीको महाविपत्ति कोषमा ३१ करोड ३८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा महाविपत्ति कोषमा २८ करोड ७४ लाख रुपैयाँ थियो । ६ महिनामा कम्पनीको रिटेन्ड अर्निङमा ९१ करोड ९० लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा रिटेन्ड अर्निङमा ८६ करोड ७० लाख रुपैयाँ थियो । त्यस्तै अन्य इक्विटीमा ९ करोड ४० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा ९ करोड ८० लाख रुपैयाँ थियो । ६ महिनामा कम्पनीको जीवन बीमा कोषमा ५० अर्ब ८५ लाख रुपैयाँ रहेको रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ४४ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ थियो ।
सेयरपुँजी ५ अर्ब ११ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १०.५४ रुपैयाँ पुगेको छ । कम्पनीको पीई रेसियो ४४.९४ गुणा रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १२८.७३ रुपैयाँ रहेको छ ।