‘सिंहदरबार जलाएको’ भनी अन्तवार्ता दिने गौतम पक्राउ

काठमाडौं । सिंहदरबार जलाएको भनी सञ्चारमाध्यममा अन्तर्वार्ता दिने व्यक्ति पक्राउ परेका छन् । भदौ २४ गतेको प्रदर्शनमा सिंहदरबारमा आगजनी गरेको बताउने चितवनका ३६ वर्षीय महेन्द्र गौतम पक्राउ परेका हुन् ।

उनले अन्तर्वार्तामा भनेका छन्, ‘सिंहदरबारको गेट तोडेर युवाशक्ति सबै भित्र पसेर गृहमन्त्री कार्यालयमा सबैतिर आगो लगाएर भ्याइसक्यौं ।’

त्यसैगरी, काठमाडौं जिल्ला अदालतबाट उनलाई आपराधिक उपद्रव गर्न नहुने कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार आगजनी गर्न उक्साउने, भीडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिने अपराधमा संलग्न गौतमलाई पक्राउ गरिएको हो ।

Share News