काठमाडौं । सर्लाहीमा रहेको ‘छिमेकी’ लघुवित्तमा नकावधारीको समूहले लुटपाट गरेका छन् । बिहीबार अपरान्ह ४ बजे लालबन्दीमा रहको छिमेकी लघुवित्तमा करिब ८७ हजार रुपैयाँ लुटपाट भएको हो ।
चार–पाँच जनाको समूह आएर कालो मास्क लगाएकाले लुटपाट गरेको सर्लाही प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लुटेराको समूहले लघुवित्तका कर्मचारीलाई घाइते बनाई बाहिरबाट चाबी लगाएका थिए ।
लुटेराले कर्मचारीको एकथान मोबाइल लगेका छन् । लघुवित्तका एक कर्मचारी नवराज श्रेष्ठसमेत घाइते भएका छन् ।
लुटेराहरूले सीसीक्यामेराको हार्डडिस्कसमेत लिएर भागेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरीका अनुसार लुटेराको खोजी कार्य भइरहेको छ ।