बुढानीलकण्ठबाट स्रोत नखुलेको १८ लाखभन्दा बढी रकमसहित एक व्यक्ति पक्राउ

काठमाडौं । स्रोत नखुलेको रकमसहित काठमाडौंबाट एक जना व्यक्ति पक्राउ परेका छन् । बिहीबार (आज) साढे ४ बजे बुढानीलकण्ठ १ बाट ४५ वर्षीय प्रवीन किसनलाई १८ लाख ५० हजार रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले गस्तीको क्रममा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । 

उनका अनुसार शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा उनलाई प्रकाउ गरिएको हो । 

उदयपुर घर भएका उनी कोटेश्वरमा बस्दै आएका थिए ।

पक्राउ गरिएको रकम आन्तरिक राजस्व कार्यालय हरिहरभवन पठाइएको प्रवक्ता भट्टराईले बताए ।

Share News