काठमाडौं । नेपालका लागि ओमोडा एन्ड जेकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा सञ्चालन हुने ‘एक्सचेन्ज टु अपग्रेड’ नामक एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ ।
आगामी शुक्रबार (भोलि) देखि २६ गतेसम्म ४ दिन चल्ने विशेष क्याम्पमार्फत ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर सेग्मेन्टकै अत्याधुनिक ओमोडा एन्ड जेको गाडी खरिद गर्ने सुनौलो अवसर पाउनेछन् ।
कारप्रेमी तथा हाल सवारी साधन प्रयोग गरिरहेका ग्राहकलाई लक्षित गर्दै आयोजना गरिएको यस क्याम्पमा ओमोडा एन्ड जेइकोका कुनै पनि मोडल बुकिङ गर्ने ग्राहकले आकर्षक नगद छुट, विशेष एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क इन्स्योरेन्स र प्रत्येक बुकिङमा एक थान एमआइ मोबाइल फोन प्राप्त गर्नेछन् । यसका साथै, कम्पनीले एक भाग्यशाली जोडीका लागि चीन भ्रमणको ‘बम्पर अफर’ समेत सार्वजनिक गरेको छ, जसले क्याम्पलाई थप रोमाञ्चक बनाएको छ ।
हाल नेपाली बजारमा ओमोडा एन्ड जेकोका तीन अत्याधुनिक मोडल ओमोडा इ५, जेको जे५ र जेइको जे६ उपलब्ध छन् । यी मोडलहरूको मूल्य क्रमशः ओमोडा इ५को ५४ लाख ९९ हजार, जेइको जे५को ५६ लाख ९९ हजार र जेको जे६को ६५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, प्रभावशाली ड्राइभिङ रेन्ज, उन्नत सुरक्षा प्रविधि, उच्च कार्यक्षमता र समग्र प्रदर्शनका हिसाबले यी गाडीहरू सेग्मेन्टमै अग्रणी मानिन्छन्।
क्याम्प अवधिभर सहभागीहरूले ओमोडा एन्ड जेकोका गाडीहरू नजिकबाट अवलोकन र अनुभव गर्न पाउनेछन्, जसले नयाँ पुस्ताको प्रविधि, डिजाइन र परफर्मेन्सको प्रत्यक्ष अनुभूति दिलाउने कम्पनीको विश्वास छ ।
एसपीजी अटोमोबाइल्स प्रा. लि. नेपालमा ओमोडा, जेको तथा ऋजभचथ ब्रान्डका सवारी साधनहरूको आधिकारिक वितरक हो । उच्च गुणस्तर, दिगोपन र वातावरणमैत्री प्रविधिमा आधारित सवारी साधनहरूको विविध पोर्टफोलियोमार्फत नेपालको हरित ऊर्जातर्फको यात्रालाई गति दिन कम्पनी प्रतिबद्ध रहेको जनाएको छ।