काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा शुक्रबार पोखरा जाने भएका छन् । निर्वाचन प्रचारअन्तर्गत थापा पोखरा जाने कार्यक्रम रहेको पार्टी प्रवक्ता देवराज चालीसेले जानकारी दिएका छन् ।
चालीसेका अनुसार सभापति थापाले गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । उक्त भेलामा प्रदेशबाट प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्ने उम्मेदवार, प्रदेशका पदाधिकारी, जिल्ला सभापतिहरू तथा अगुवा कार्यकर्ताहरू सहभागी हुने र सभापति थापाले सबैलाई सम्बोधन गर्ने जनाइएको छ ।