काठमाडौं । नेपालको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लमिनार टायल्सले आफ्नो नयाँ प्रडक्ट ‘मोनोलिथ डिजिटल फुल–बडी’ सार्वजनिक गरेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक अशुतोष खेतानका अनुसार मोनोलिथ डिजिटल डिजाइन र फुल–बडी प्रविधिको संयोजनमा आधारित छ । उनले भने, 'मोनोलिथमार्फत हामीले प्राकृतिक ढुंगाको सुन्दरतालाई सरल र आधुनिक टायल भाषामा प्रस्तुत गरेका छौं, जसले प्रतिकूल वातावरण र दीर्घकालीन प्रयोगमा पनि गुणस्तर कायम राख्छ ।'
मोनोलिथलाई आधुनिक घर तथा सार्वजनिक स्थानमा प्रयोग गर्नका लागि तयार गरिएको हो । कम्पनीले यसलाई सन्तुलित र टिकाउ टायलको रूपमा प्रस्तुत गरेको छ । टायलमा चूनढुङ्गा, बालुवा, खरानी, स्लेट र ज्वालामुखीय काँच (ओब्सिडियन) जस्ता प्राकृतिक तत्व मिसाइएको छ । सामान्यतया ग्लेज्ड टायलमा लामो समय प्रयोग गर्दा सतह घिसिँदै भित्रको फरक रङ देखिन थाल्ने समस्या देखिन्छ, तर मोनोलिथ डिजिटल फुल–बडीमा यो समस्या नरहने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार मोनोलिथ म्याट कार्भिङ, ग्रानुलर म्याट र ग्रिट टेक्स्चुरा ब्राण्डमा उपलब्ध छन् र नघिस्रिने, नकोरिने तथा नचिप्लिने जस्ता प्राविधिक मापदण्ड पनि पूरा गर्छन् । यसैले टायल पानी पर्ने वा भिज्ने स्थान, बाहिरी क्षेत्र तथा उच्च आवतजावत हुने ठाउँका लागि उपयुक्त मानिएको छ ।
मोनोलिथ टायलहरू विमानस्थल, सपिङ सेन्टर, होटल, अस्पताल, कार्यालय लगायत सार्वजनिक स्थानका साथै घरभित्रका बैठक कोठा, शौचालय, भान्सा, कौशी र पौडीपोखरीमा पनि प्रयोग गर्न सकिन्छ । कम्पनीले हालै एनएस ६१७:२०८२ प्रमाणिकरण प्राप्त गरेपछि यो प्रडक्ट सार्वजनिक गरेको हो, जस अनुसार लामिनारका टायल पूर्ण भिट्रिफाइड र राष्ट्रिय मापदण्डको उच्चतम श्रेणीमा वर्गीकृत छन् ।
नेपालको पहिलो स्वदेशी फुल–बडी टायल संग्रह ‘सेन्टो’ पछि मोनोलिथमार्फत लमिनारले डिजिटल फुल–बडी प्रविधिमा अर्को कदम अगाडि बढाएको जनाएको छ । यसअघि यस किसिमका टायल नेपालमा उत्पादन नभएकाले आयात गर्नुपर्ने अवस्था थियो ।
साथै, एक्स्पोमा लामिनारले मोनोलिथलगायत अन्य प्रडक्टहरू प्रदर्शन गरिरहेको छ । ४०० भन्दा बढी डिजाइन समेटिएका लामिनारका सम्पूर्ण प्रडक्टहरू काठमाडौंको लाजिम्पाटस्थित लामिनार एक्स्पेरियन्स सेन्टर तथा देशभरका १६० भन्दा बढी अधिकृत डिलरमार्फत अवलोकन गर्न सकिन्छ ।