एक हजार दरका २८ थान नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका–१ स्थितबाट नक्कली नेपाली रुपैयाँ एक हजार दरका २८ थान नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका–१० का २५ वर्षीय बहिस मियाँ रहेका छन् । मियाँले माघ २१ गते राति हरिनगर–१ स्थित एक किराना पसलमा सामान खरिद गर्दा नक्कली नोट दिएका थिए ।

पसलधनीले प्रहरीलाई जानकारी गराउनासाथ प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले मियाँलाई नियन्त्रणमा लिई शरीर खानतलासी गरेको थियो । खानतलासीका क्रममा उनको साथबाट नक्कली नेपाली रुपैयाँ एक हजार दरका २८ थान नोट बरामद गरिएको हो ।

पक्राउ परेका मियाँमाथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News