काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले उद्योगहरू राष्ट्रको मेरूदण्ड रहेको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उदयपुर सिमेन्ट उद्योगलाई राज्यले संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् ।
‘उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ,’ उनले भने ।
उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ ।