काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँ र चाँदी तोलामा ६२० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार २०० सय रुपैयाँमा कारोबार भएको छ । बुधबार एक तोला सुनको कारोबार ३ लाख ४ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
साथै चाँदी तोलामा ४ हजार ९८० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य बुधबार ५ हजार ६०० रुपैयाँ काराेबारमा भएको थियाे ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।