काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १.६४ अंकले घटेर २६८१ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार १३३ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३२६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै एसवाई प्यानलको ६० करोड, राधी विद्युत कम्पनीको २६ करोड, श्रीनगर एग्रीटेकको २५ करोड र बन्दिपुर केबलकारको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिन्चोक दर्शन, सुपर माई हाइड्रो, सुपर मादी हाइड्रो र आँखु खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।
बुधबारको कारोबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.९३ प्रतिशत बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो ।