काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
वित्तीय विवरणअनुसार ६ महिनामा कम्पनीले ५ अर्ब ७१ करोड २ लाख लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४ दशमलव ६२ प्रतिशतले बढेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ४ अर्ब ९८ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
दोस्रो त्रैमासमा कम्पनीको नाफा २० करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीले १९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा २.९० प्रतिशतले बढेको छ ।
६ महिनामा कम्पनीले ५ अर्ब ७९ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १४.४९ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५ अर्ब ६ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै, दोस्रो त्रैमाससम्ममा कम्पनीको महाविपत्ति कोषमा ४४ करोड २ लाख रुपैयाँ रहेको छ। अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ४२ करोड रुपैयाँ थियो ।
कम्पनीको रिटेन्ड अर्निङमा ४५ करोड २९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ९२ करोड ३६ लाख रुपैयाँ थियो ।
यसैगरी, समीक्षा अवधिका कम्पनीको अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको अन्य इक्विटीमा ३१ करोड ८४ लाख रुपैयाँ थियो ।
६ महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोषमा ४६ अर्ब १७ करोड १० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ थियो ।
५ अर्ब १ करोड रुपैयाँ सेयर पूँजी रहेको कम्पनीको सेयरपुँजी वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ०६ पैसा, पीई रेसियो ५५.६९ गुणा, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा रहेको छ रहेको छ ।