१४ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार (आज) पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ हजार ७ सयले बढेको सुनको मूल्य आज पनि बढेको हो । मंगलबारको तुलनामा बुधबार सुन १४ हजार ४ सय रुपैयाँले बढेको हो ।

बुधबार एक तोला सुनको कारोबार ३ लाख ४ हजार ७ सय रुपैयाँमा भइरहेको महासंघले जनाएको छ । योसँगै सुनको मूल्यले पुनः ३ लाख नाघेको हो । मंगलबार भने सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार २६५ रुपैयाँले बढ्दै ५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

Share News