काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१० स्थित होटल ओल्ड दरबारमा तीनदिने कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
माघ १३ गते मंगलबारदेखि माघ १५ गते बिहीबारसम्म सञ्चालन भएको उक्त तालिम सगरमाथा लुम्बिनी इन्सुरेन्सका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । तालिमको सहजीकरण कृषि तथा पशुपन्छी विभाग प्रमुख उमेश ढकालले गरेका थिए ।
कार्यक्रममा इन्स्योरेन्स कम्पनीका प्रतिनिधिसहित विभिन्न जिल्लाबाट आएका अभिकर्ताहरूको सहभागिता रहेको थियो । तालिममा सहभागी १५ जनाले सफलतापूर्वक प्रशिक्षण पूरा गरी प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रमको सञ्चालन उदयपुर गाईघाट शाखा कार्यालयका प्रमुख धनबहादुर कटुवालले गरेका थिए ।
तालिम प्राप्त गरेपछि अभिकर्ताहरूले कृषकहरूसँग प्रत्यक्ष समन्वय गरी अधिकतम बीमा सुरक्षा प्रदान गर्ने तथा कृषि बीमाको दायरा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।