बजाजको ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर सार्वजनिक

काठमाडौं । बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक योजना ल्याएको हो । यस योजनाअन्तर्गत १०० सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ ।

यस योजनाबारे आफ्नो धारणा व्यक्त गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नयाँ जीवन र नयाँ जिम्मेवारी सुरु गर्ने जोडीका लागि यो अफर ल्याइएको बताए । उनले भने, 'नयाँ सोच र नयाँ संकल्पका साथ जीवन सुरु गर्नेहरूका लागि यो योजना उपयोगी हुने विश्वास लिएका छौँ ।'

नवविवाहित जोडीलाई लक्षित गरिएको भए पनि यस योजनाबाट सबै ग्राहकले लाभ लिन सक्ने उनले जानकारी दिए ।

कम्पनीका अनुसार यो योजना माघ १५ गते बिहीबारदेखि लागू गरिएको हो ।

Share News