एपोलो हाइड्रोपावरलाई आईपीओ बिक्री गर्न सेबोनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्रीका लागि अनुमति प्रदान गरेको छ । कम्पनीलाई अङ्कित मूल्य १ सय रुपैयाँमा १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर बिक्रीका लागि अनुमति दिएको हो ।

सो कम्पनीको सेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । एपोलो हाइड्रोपावरले ओखलढुंगामा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई आईपीओ बिक्रीको अनुमति दिएको छ । त्यसमा ९ वटा जलविद्युत् कम्पनी, १ वटा उत्पादन कम्पनी, १ वटा होटल तथा पर्यटन र १ वटा विकास बैंक रहेका छन् ।

बोर्डले चालु आवको हालसम्म ६ अर्ब १ करोड १७ लाख २७ हजार ८ सय रुपैयाँ बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो ।

Share News