काठमाडौं । नक्कली प्रहरी बनेर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा दीपक थापा मगर पक्राउ परेका हुन् ।
हुन्डी कारोबार सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका दाफुरी शेर्पाको आमालाई आफू प्रहरी रहेको र पक्राउ परेको छोरालाई छुटाइदिने भन्दै ठगी गरेर फरार रहेका मगरलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बानियाँटारबाट पक्राउ गरेको हो।
२०८२ मंसिर १५ गते हुन्डी कारोबार सम्बन्धी कसुर मुद्दामा शेर्पा पक्राउ परेका थिए ।
तारकेश्वर नगरपालिका ८ नेपालटार बस्ने ४० वर्षीय मगरलाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।