काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहाका तत्कालीन प्रमुख डा। नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवसहित १० जनालाई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।
मंगलबार आयोले प्रादेशिक अस्पताल सिरहाको आर्थिक वर्ष २०८०/०८१ मा बिलिङ काउन्टरबाट संकलन भएको रकम दाखिला नगरी नगराई हानि नोक्सानी तथा दुरुपयोग गरेकाले भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले अदालतमा ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८२ कायम गरी कैद र बिगो बमोजिम जरिवानासहित अदालतमा मुद्दा दर्ता गरेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो गरिएको आयोगले उल्लेख गरेको छ ।