काठमाडौं । १३० वर्षभन्दा लामो समृद्ध इतिहास बोकेको युरोपेली अटोमोबाइल ब्रान्ड स्कोडा अटोले आफ्नो इन्जिनियरिङ विरासतलाई नेपालमा थप मजबुत बनाउँदै लगेको छ । सन् १८९५ मा युरोपमा स्थापना भएको स्कोडा आज विश्वका १०० भन्दा बढी बजारमा उपस्थित छ । उन्नत प्रविधिलाई दैनिक उपयोगितासँग सन्तुलन गर्ने भरपर्दा सवारीसाधनका लागि विश्वभर परिचित छ ।
उत्कृष्टताप्रतिको दीर्घकालीन प्रतिबद्धताका कारण स्कोडा वर्षौंदेखि अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित अवार्डहरूबाट सम्मानित हुँदै आएको छ । यसको क्लिन र फंक्सनल डिजाइन फिलोसोफीले रेड डट डिजाइन अवार्डजस्ता विश्वप्रसिद्ध सम्मान जित्न सफल भएको छ । साथै युरो एनक्याप क्र्यास परीक्षणमा प्राप्त उच्च सुरक्षा मूल्याङ्कनले यात्रु सुरक्षा र संरचनात्मक मजबुतीप्रतिको स्कोडाको ध्यानलाई पुष्टि गर्छ ।
अटो एक्सप्रेस ड्राइभर पावरजस्ता विश्वसनीय अटोमोटिभ मूल्याङ्कन तथा ग्राहक सन्तुष्टि अध्ययनहरूमा पनि स्कोडाले निर्माण गुणस्तर, विश्वसनीयता र स्वामित्व अनुभवका आधारमा उच्च स्थान हासिल गरेको छ ।
स्कोडाको सफलताको केन्द्रमा यसको बलियो युरोपेली इन्जिनियरिङ डीएनए रहेको छ । कडा युरोपेली मापदण्डअनुसार विकास गरिएका सवारीसाधनहरू उन्नत उत्पादन प्रक्रिया र उच्च-मजबुत सामग्री प्रयोग गरी तयार गरिन्छन्, जसले दीर्घकालीन टिकाउपन, सुरक्षा र भरोसायोग्य प्रदर्शन सुनिश्चित गर्छ । यही इन्जिनियरिङ दृष्टिकोणले स्कोडालाई विविध भू-भाग र फरक ड्राइभिङ अवस्था भएका विश्वका विभिन्न बजारमा निरन्तर सफल बनाएको छ ।
नेपालमा पनि स्कोडाले ग्राहकहरूको विश्वास जित्दै आएको छ । अक्टाभिया, र्यापिड, कुशाक र स्लाभिया जस्ता मोडलहरू सहरका सडकदेखि राजमार्गसम्म व्यापक रूपमा देखिन थालेका छन् । मजबुत निर्माण, स्थिर राइड क्वालिटी, रेस्पोन्सिभ स्टेयरिङ र रिफाइन्ड अटोमेटिक ट्रान्समिसनका कारण यी सवारीसाधनहरू नेपाली सडक अवस्थाका लागि उपयुक्त मानिन्छन् ।
स्कोडाको इन्जिनियरिङ फिलोसोफीमा चेसिस ट्युनिङ र स्टेयरिङ सटीकतामा विशेष जोड दिइन्छ। सन्तुलन, आराम र नियन्त्रण प्रदान गर्ने गरी सावधानीपूर्वक क्यालिब्रेट गरिएका सवारीसाधनहरूले उकालो बाटो, घुमाउरा सडक र लामो यात्रामा चालकलाई थप आत्मविश्वास दिन्छन्। यसले स्कोडालाई नेपालको विविधतायुक्त ड्राइभिङ परिवेशमा सहज रूपमा अनुकूल बनाएको छ ।
अटोमेटिक ट्रान्समिसन रिफाइनमेन्ट पनि स्कोडाको इन्जिनियरिङ परिपक्वताको महत्वपूर्ण पक्ष हो । स्मूथ गियर सिफ्ट, बुद्धिमत्तापूर्ण ट्रान्समिसन ट्युनिङ र प्रमाणित विश्वसनीयताले भीडभाड तथा उकालो सडकमा आरामदायी र तनावरहित ड्राइभिङ अनुभव प्रदान गर्नुका साथै इन्धन–कुशल प्रदर्शनमा पनि सहयोग पुर्याउँछ ।
यही पुरस्कार–विजेता डिजाइन, प्रमाणित सुरक्षा र विश्वसनीय इन्जिनियरिङ लेगेसीलाई निरन्तरता दिँदै स्कोडाले नेपालमा नयाँ स्कोडा कायलाक अटोमेटिक प्रस्तुत गरेको छ । आत्मविश्वासपूर्ण प्रदर्शन, सजिलो ड्राइभिङ अनुभव र स्वामित्व–मैत्री इन्जिनियरिङका लागि डिजाइन गरिएको कायलाकले वास्तविक सडक आवश्यकताहरू बुझ्ने युरोपेली ब्रान्डका रूपमा स्कोडाको पहिचानलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
क्षमता, रिफाइनमेन्ट र दीर्घकालीन विश्वसनीयतामा केन्द्रित दृष्टिकोणसहित कायलाकले नेपालमा स्कोडाको यात्रालाई थप अर्थपूर्ण बनाउने विश्वास लिइएको छ । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले बेच्दै आएको छ ।