कलाकार प्रदीप खड्का र विक्रम शाहीले किने दिपल एस-०७ प्लस

काठमाडौं । नेपालका कलाकारद्वय प्रदीप खड्का र विक्रम शाहीले अत्याधुनिक डिजाइन र प्रविधिका कारण लोकप्रिय बन्दै गएको दिपल एस-०७ प्लस खरिद गरेका छन् । पछिल्ला डेलिभरीसँगै दिपल एस-०७ प्लस चर्चित व्यक्तिहरुको रोजाइमा निरन्तर परिरहेको दीपल गाडीको आधिकारिक विक्रेता एमएडब्लुले जनाएको छ । 

हालै बजारमा आएको साइन्स-फिक्सन चलचित्र एक्लोलगायत थुप्रै सफल फिल्ममार्फत दर्शकको मन जित्न सफल कलाकार तथा स्टाइल आइकन प्रदीप खड्काले दिपल एस-०७ प्लसको फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिले आफूलाई आकर्षित गरेको बताए ।

उनले आधुनिक जीवनशैलीसँग मेल खाने भएकाले आफ्नो ग्यारेजमा दिपल थपेको प्रतिक्रिया दिए । बलिउड सुपरस्टार सलमान खानसँग बहुप्रतिक्षित चलचित्र ब्याटल अफ गल्वानमा स्क्रिन सेयर गर्दै अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका कलाकार विक्रम शाहीले पनि हालै दिपल एस-०७ प्लस खरिद गरेका छन् ।

नवीन प्रविधि, आरामदायी ड्राइभिङ अनुभव र प्रिमियम फिचरले आफूलाई आकर्षित गरेको उनले बताए ।कलाकार द्वयलाई दिपल परिवारमा स्वागत गर्न पाउँदा एमएडब्लू वृद्धि गौरवान्वित भएको जनाएको छ ।

कम्पनीका अनुसार उत्कृष्टताप्रतिको उनीहरूको प्रतिबद्धता र स्टाइल आइकनको पहिचान दिपल एस-०७ प्लसको इनोभेसन, स्टाइल र फ्युचर-रेडी पर्फर्मेन्ससँग पूर्ण रूपमा मेल खान्छ ।

एक दर्जनभन्दा बढी इन्डस्ट्रि-फस्ट फिचर र विशिष्ट डिजाइन फिलोसोफीका लागि परिचित दिपल एस-०७ प्लसले नेक्स्ट जेनेरेसन इन्टेलिजेन्ट कनेक्टिभिटी प्रदान गर्दछ। जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिग्रेटेड हेडरेस्ट तथा आउटडोर स्पिकरजस्ता अत्याधुनिक फिचरले दिपललाई नेपालकै नम्बर १ लक्जरी इलेक्ट्रिक भेहिकलको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ ।

Share News