सुनको मूल्य फेरि उकालो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं  । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सुनको भाउ मंगलबार (आज) बढेको छ । नेपाली बजारमा सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ 

सोमबार भने सुनको मूल्य प्रतितोलामा १३ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ १३५ रुपैयाँले बढ्दै ५ हजार ३३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८२४ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

Share News