काठमाडौं । सिटिजन्स बैंकबाट संस्थापक सेयरधनी रोशन श्रेष्ठ र यदुनाथ घिमिरे बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर श्रेष्ठ र घिमिरे बाहिरिने भएका हुन् ।
बैंकका अनुसार संस्थापक सेयरधनी श्रेष्ठले २ लाख ६४ हजार ६१ कित्ता र घिमिरेले ५४ हजार ८११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । श्रेष्ठको नाममा रहेको उक्त सेयरको मूल्य न्यूनतम् प्रतिकित्ता १ सय रुपैयाँ र घिमिरेको नाममा रहेको सेयरको मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ ।
बैंकको उक्त सेयर सर्वसाधारण लगानीकर्ताहरुले समेत खरिद गर्न सक्नेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताहरुले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।