काठमाडौं । नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले आफ्ना ग्राहक लक्षित नयाँ राष्ट्रव्यापी योजना ‘टीभीएससँग सुनको सगुन’ विशेष अफर सार्वजनिक गरेको छ ।
विश्व बजारमा बढ्दो सुनको मूल्य र नेपाली समाजमा विहे तथा चाडपर्वसँग जोडिएको भावनालाई समेट्दै, यो अफर ग्राहकलाई मूल्य र भरोसाको अनुभूति दिलाउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सका अनुसार यस अफरको मूल भावना ग्राहकको जीवनका महत्वपूर्ण मोड नयाँ परिवारको सुरुवात, नयाँ घर र नयाँ यात्रासँग टीभीएस सवारी साधनलाई विश्वासयोग्य साझेदारका रूपमा प्रस्तुत गर्नु हो ।
सुनको दीर्घकालीन मूल्य र टीभीएस सवारीको विश्वसनीयताबीचको संयोजनमार्फत कम्पनीले स्मार्ट निर्णय र भावनात्मक सन्तुष्टि एउटै प्लेटफर्ममा ल्याउने प्रयास गरेको जनाएको छ ।
अफर अवधिमा टीभीएस बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले नगद, फाइनान्स वा एक्सचेन्ज सबै माध्यममा आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन् । जसमा दैनिक सुनको सिक्का जित्ने अवसर, १ लाख रुपैयाँसम्मको क्यास छुट, सबै टीभियस मोडलमा एक्सचेन्ज सुविधा, नागरिकता वा ड्राइभिङ लाइसेन्सका आधारमा सजिलो फाइनान्स तथा सबै टीभीएस मोडलमा लाइफटाइम वारेन्टीलगायत अफर अवधिसम्म पाउन सकिनेछ ।
‘टीभीएससँग सुनको सगुन’ विशेष अफर माघ १८ गतेदेखि चैत ३ गतेसम्म (४५ दिन) नेपालभरका सबै आधिकारिक त्ख्क् शोरुमहरूमा लागू हुनेछ ।
अफरबारे प्रतिक्रिया दिँदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, ‘यो विशेष अफर केवल सवारी खरिदको योजना मात्र होइन, नयाँ सुरुवातको उत्सव हो । हामी ग्राहकलाई सवारीसँगै दीर्घकालीन मूल्य र विश्वासको अनुभूति दिलाउन चाहन्छौं । ’
नेपालभर फैलिएको सशक्त डिलर नेटवर्क, प्रभावकारी सेवा प्रणाली र विश्वसनीय उत्पादन पोर्टफोलियोका साथ जगदम्बा मोटर्सले टीभीएस ब्रान्डलाई नेपाली उपभोक्ताको भरोसिलो मोबिलिटी पार्टनरका रूपमा मजबुत बनाउँदै आएको छ ।
नेपालको दुई-पांग्रे सवारी उद्योगको अग्रणी संस्थामध्ये एक रहेको जगदम्बा मोटर्सले इन्जिनियरिङ गुणस्तर, इन्धन दक्षता र दीर्घकालीन विश्वसनीयताका लागि परिचित टीभीएस मोटर कम्पनीका मोटरसाइकल तथा स्कुटरहरूको प्रतिनिधित्व गर्दै आएको छ ।
‘टीभीएससँग सुनको सगुन’ जस्ता अभियानमार्फत कम्पनीले नवप्रवर्तन, मूल्य र ग्राहक-केन्द्रित दृष्टिकोणलाई समेट्दै नेपाली बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै आएको छ ।