काठमाडौं । हुन्डाई नेपालले क्रेटा ईभी प्रयोगकर्ताका लागि ड्राइभिङ रेन्ज थप विस्तार गर्ने उद्देश्यले ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) सफ्टवेयर अपडेट सार्वजनिक गरेको छ।
कम्पनीले सबै क्रेटा ईभी ग्राहकलाई नजिकको आधिकारिक हुन्डाई सेवा केन्द्रमा पुगेर यो अपडेट गराउन आग्रह गरेको छ ।
हुन्डाई नेपालका अनुसार नयाँ बीएमएस अपडेटमा ब्याट्री प्रणालीलाई नेपाली सडक अवस्था र ड्राइभिङ शैलीलाई ध्यानमा राखेर विशेष रूपमा अप्टिमाइज र क्यालिब्रेट गरिएको छ ।
यसले ब्याट्रीको कार्यक्षमता अझ प्रभावकारी बनाउँदै ऊर्जा प्रयोगलाई सन्तुलित गर्नेछ ।
कम्पनीको दाबीअनुसार यस अपडेटपछि क्रेटा ईभीको ड्राइभिङ रेन्ज हालको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्ने अपेक्षा गरिएको छ ।
नयाँ अपडेटले दैनिक आवागमनदेखि लामो यात्रासम्म क्रेटा ईभी प्रयोगकर्तालाई थप सुविधा, सहजता र भरोसा प्रदान गर्ने हुन्डाई नेपालले जनाएको छ ।
यो बीएमएस अपडेट सेवा देशभर रहेका हुन्डाईका आधिकारिक सेवा सञ्जालमार्फत निःशुल्क रूपमा उपलब्ध गराइएको छ, जसको लाभ क्रेटा ईभीका सबै ग्राहकले लिन सक्नेछन् ।
विश्वसनीय अटोमोबाइल ब्राण्डका रूपमा परिचित हुन्डाई नेपालले भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ ।
हाल कम्पनीसँग देशभर ६३ भन्दा बढी ‘रिल्याक्स रिचार्ज’ नेटवर्क सञ्चालनमा छन्, जसले ईभी प्रयोगकर्तालाई अझ सहज र ढुक्क यात्राको अनुभूति गराइरहेको छ ।