कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका-४ का ४१ वर्षीय बविलाल लामा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने, ‘रोजगारीका लागि कम्बोडिया लैजाने भन्दै ४ लाख ३५ हजार रुपैयाँ रकम लिई लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाइ सम्पर्कविहीन भएको भन्ने पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’

निजलाई काठमाडौं महानगरपालिका-३ बाट पक्राउ गरी सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रवक्ता कार्कीले बताए ।

Share News