१३ हजार ४ सयले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार (आज)  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोलामा १३ हजार ४०० रुपैयाँले घटी २ लाख ८६ हजार ६ सयमा कारोबार भइरहेको छ ।  

आइतबार प्रतितोला सुन ३ लाख रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार सुन ३ लाख १८ हजार ८ सयमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदी ५ हजार २ सयमा कारोबार भइरहेको छ । आइतबार दिन ५ हजार ५ सयमा कारोबार भएको थियो भने शुक्रबार चाँदी ७ हजार ६५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ९०० डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

Share News