सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । आइतबार सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य १५ सय ६५ रुपैयाँले घटेको घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य तीन लाख र त्यति नै परिमाणको चाँदीको मोल  पाँच हजार ५०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ६५ रुपैयाँ कायम भएको थियो । बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल सात हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ र त्यति नै चाँदीको मोल सात हजार ३०० रुपैयाँ कायम भएको भने गत मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० रुपैयाँ त्यति नै चाँदीको मोल छ हजार ८७० कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८६५ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

Share News