काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुन साेही रकमले उकालाे लागेर प्रतितोला ३ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५ हजार २०५ डलरमा कारोबार भइरहेको छ ।
सुनको मूल्य दिनमै २० हजार बढ्न थालेपछि आत्तिए व्यवसायी, कर घटाउन तीव्र लबिङ