सरकारले प्रहरीको रासन रकम वृद्धि गर्ने

गृहमन्त्री तथा प्रवक्ता ओमपक्राश अर्याल ।

काठमाडौं । सरकारले नेपाल प्रहरीको राशन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने भएको छ । 

बिहीबार मन्त्रिपरिषदको बैठक सार्वजनिक गर्दै गृहमन्त्री तथा प्रवक्ता ओमपक्राश अर्यालले आगामी फागुन १ गतेबाट रासनबापतको रकम वृद्धि गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार रासनबापतको रकम आगामी फागुन १ गतेदेखि वृद्धि हुनेछ ।

यसैगरी, नेपाल र जापानको कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको  उपलक्ष्यमा २०८२ माघ १८ देखि २१ सम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ ।

त्यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति २०८२ ले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको छ ।

Share News