दरबारमार्गको डान्स क्लबमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । दरबारमार्गको उडल्याण्ड होटलमाथि रहेको ब्ल्याकआउट डान्स क्लबमा लागेको आगलागी नियन्त्रणमा आएको छ । काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी कौशल बुढाथोकीले बिहान लागेको आगलागी हाल नियन्त्रणमा आइसकेको जानकारी दिएका छन् ।

उनका अनुसार दरबारमार्गस्थित उडल्याण्ड होटलमाथि रहेको उक्त डान्स क्लब पूर्ण रूपमा क्षति भएको छ। बुढाथोकीले सञ्चालकको भनाइ उद्धृत गर्दै भने, 'सञ्चालकका अनुसार करिब १ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगलागीको कारण भने हालसम्म खुलेको छैन ।'  

Share News