काठमाडौं । काठमाडौंको कागेश्वरीमा गए राति प्रहरीले गोली चलाएर १० जना लुटेरालाई पक्राउ गरेको छ । शंकास्पद गतिविधिमा संलग्न भएकाले चेकजाँच गर्दा उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
सडकमा प्रहरीको चेकजाँच क्रममा लुटेराको समूहले २ जना प्रहरीलाई मोटरसाइकले हानेर घाइते समेत बनाएको काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी कौशल बुढाथोकीले जानकारी दिए । उनका अनुसार प्रहरीलाई घाइते बनाएर फरार भएका र प्रहरीसँग भीडन्त गर्न खोजेका थिए ।
कागेश्वरी मनोहरा नगरपालिका ६ मा उक्त घटना भएको थियो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।