काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि कपिलवस्तुमा ५४ वटा निर्वाचनस्थल अतिसंवेदनशील रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले यस जिल्लामा ५० मतदानस्थल संवेदनशीलको सूचीमा रहेको जानकारी दिए ।
उनका अनुसार सामान्य मतदानस्थल ७९ र संवेदनशील मतदान केन्द्र १०२ वटा छन्।
कपिलवस्तुमा २३५ वटा मतदानस्थल र ४९० वटा मतदान केन्द्र छन् ।
कपिलवस्तुमा कुल मतदाता ३ लाख ९६ हजार २६५ मतदाता रहेको सूचना अधिकारी सिंहले जानकारी दिए ।
१ लाख ८४ हजार ४१५ महिला र २ लाख ११ हजार ८४६ पुरुष मतदाता तथा ४ जना अन्य मतदाता रहेका छन् ।