काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी निधन भएको छ । मुम्बईबाट निजी विमानबाट पवार बारामती जाने क्रममा बारामतीमा उनी सवार विमान दुर्घटनामा परेर निधन भएको हो ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो । बारामतीमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएको थियो ।
विमानमा अजीतका साथै उनका पर्सनल असिस्टेन्ट, सुरक्षाकर्मी र विमान दलका सदस्य थिए । सवार सबैको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।