काठमाडौं । ललितपुरमा नक्कली हतियार देखाइ आतंक फैलाउने झापाका किरण घिमिरे पक्राउ परेका छन् ।
शनिबार सातदोबाटो प्रहरी वृत्तको टोलीले चापागाउँ दोबाटोबाट उनलाई मोटरसाइकल र हतियारसहित नियन्त्रणमा लिएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।
घिमिरेले काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा हतियार लुकाएर राखेका थिए ।
लामो हतियार ३०३ राइफलजस्तो देखिने डमी थान–१, सानो हतियार कटुवा पेस्तोल जस्तो देखिने डमी थान–२, फमले बनेको खुकुरी जस्तो देखिने थान–२ र बागमती प्रदेश ०२–०१२ प ५८५२ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको हो ।
ललितपुर जिल्ला प्रशासनबाट कार्यालयबाट ७ दिन म्याद थप गरी थप गरेर अभद्र व्यवहार गर्न नहुने कसुर मुद्दामा अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।