निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डाको प्रयोग गर्न नपाइने

काठमाडौं । राजनीतिक दल तथा उम्मेदवारले घरदैलो र सभा-सम्मेलनमा दशभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगका अनुसार दल तथा उम्मेदवारले प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डाको प्रयोग गर्न पाउने छैनन् ।

'दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा दशभन्दा बढी झण्डा प्रयोग गर्न पाउने छैनन्,' आयोगले भनेको छ । 

पछिल्लो समय निर्वाचन लागि उम्मेदवारले घरदैलो कार्यक्रममा  मत माग्न जाँदा वा सभा सम्मेलनमा राष्ट्रिय झण्डाको प्रयोग हुन थालेको छ । राष्ट्रिय झण्डाको गरिमा नबुझेको भन्दै सार्वजनिक रुपमै विरोध हुन थालेको छ ।

Share News