काठमाडौं । श्रम संस्कृति पार्टीकी समानुपातिक उम्मेदवार अस्मिता गैरेले श्रम, श्रमिक र माटोको सेवाका लागि आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरेकी छन् ।
नवलपुर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनेकी गैरेले भुइँमान्छेसँग प्रत्यक्ष जोडिएर तल्लो तहका नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित आफू श्रम संस्कृति पार्टीमा आबद्ध भएको बताइन् ।
उनले श्रमको सम्मान, श्रमिकको अधिकार र माटोसँग जोडिएको जीवनशैलीको संरक्षणलाई पार्टीको मूल एजेन्डा बनाइएको उल्लेख गर्दै भुमिहीन, सुकुम्बासी तथा सिमान्तीकृत समुदायको मुक्ति र सशक्तीकरणका लागि पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने स्पष्ट पारिन् ।
गैरेले सामाजिक न्याय, समावेशी विकास र श्रममैत्री नीतिको कार्यान्वयनमार्फत राज्यको मूलधारबाट पछाडि पारिएका समुदायलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।