झापा । राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
उनले माघ ७ गतेदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा संघसँगको जिम्मेवारी छाड्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ तथा समर्थन गर्ने भएका हुन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने उल्लेख गरेका छन् ।
उनले झापा–५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
खतिवडाले आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने नेकपा (एमाले), राष्ट्रिय युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । साथै, अग्रगामी परिवर्तन, सामाजिक न्याय र राष्ट्रको हितका पक्षमा सदैव लागिरहने प्रतिबद्धता दोहोर्याएका छन् ।
खतिवडासँगै उपाध्यक्ष विजय तामाङ पनि रास्वपा प्रवेश गरेका छ्न् ।