काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको हो ।
मूल्य बढेसँगै बुधबार सुन तोलामा २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी बुधबार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । चाँदी तोलामा ५ हजार ९२० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी तोलामा ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।