काठमाडौं । मञ्जुश्री फाइनान्सको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १५.६२ प्रतिशत बढेर १३ करोड ५३ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा फाइनान्सले ११ करोड ७० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको दोस्रो त्रैमासमा फाइनान्सको खुद ब्याज आम्दानी १३.८७ प्रतिशत बढेर ४५ करोड ३२ लाख ७३ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा फाइनान्सले ३९ करोड ८० लाख ५५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा फाइनान्सको खुद शुल्क तथा कमिशन आम्दानी २.०२ प्रतिशत घटेर ५ करोड ८७ लाख ११ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १२.६३ प्रतिशत बढेर ५३ करोड ६१ लाख ९२ हजार रुपैयाँ, सञ्चालन नाफा ११.५३ प्रतिशत घटेर १९ करोड १२ लाख १३ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा फाइनान्सको वितरणयोग्य नाफा २३ करोड ५६ लाख २० हजार रुपैयाँ रहेको छ । गत वर्षको दोस्रो त्रैमासमा फाइनान्सको वितरणयोग्य नाफा १५ करोड ९ लाख ४२ हजार रुपैयाँ थियो । १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ७८ करोड २० लाख १५ हजार रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्ममा कम्पनीको निक्षेप संकलन ६.९१ प्रतिशत बढेर २२ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ र कर्जा लगानी १०.७१ प्रतिशत बढेर १९ अर्ब ६१ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा फाइनान्सले २१ अर्ब ३ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । यस्तै, कम्पनीको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८४.८४ प्रतिशत रहेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २.७ रुपैयाँ बढेर २०.०३ रुपैयाँ पुगेको छ । पुस मसान्तसम्ममा फाइनान्स प्रतिसेयर नेटवर्थ १७५.२९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.८९६ गुणा रहेको छ ।
समीक्षा अवधिमा कम्पनीले खराब कर्जा (एनपीएल) पनि घटाएको छ । गत वर्षको पुसमा ३.८६ प्रतिशत रहेको खराब कर्जा घटेर ३.६४ प्रतिशतमा झारेको छ ।